नेप्सेमा ९.५० अंकको बृद्धि, ५ अर्ब १३ करोडको कारोबार

- सोनापुर मिनरल्स एण्ड आएल लिमिटेडको कारोबार अब्बल

-



     सफल आवाज    
     पौष २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ पुस । साताको सेयर कारोबार हुने चौथो दिन पनि बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.४० अंकले बढेर ३८६.३३ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ७ वटामा रातो लागेको छ । बाँकी ६ वटामा हरियो लागेको छ । कुल ३०१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ ३८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आएल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३२ करोड ७८ लाख ९१ ह्जार ६१३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.९५ प्रतिशतले घटेको छ ।