नेप्सेको सेयर कारोबार प्रणाली आज साँझ ५ बजेदेखि ३ दिन बन्द रहने

-



     सफल आवाज    
     पौष २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ पुस । नेपाल स्टक एक्सचेन्जले आज बिहिबारदेखि तीन दिनका लागि सेयरकाे कारोबार प्रणाली बन्द हुने जानकारी दिएकाे छ ।

नेप्सेले एक सूचना जारी गरेर विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्नका लागि पुस २६ गते अर्थात बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द रहने जनाएको हो ।

नेप्सेमा सातामा पाँच दिन सेयर काराेबार हुने गरेकाे छ । आइतबारदेखि बिहिबारसम्म काराेबार हुने भएकाेले बिहिबार नेप्सेमा काराेबार भएकाे साढे दुइ घन्टापछि विद्धुत बन्द गरिनेछ । शुक्रबार नेप्सेमा काराेबार नहुने र शनिबार बिदा भएकाेले खासै प्रभाव भने पर्नेछैन ।