बिहिबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     पौष २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनमा रुपैयाँ २ सयले घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।