नेप्सेमा झिनो अंककको गिरावट, ४ अर्ब ३० करोडको कारोबार

-



     सफल आवाज    
     पौष २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ पुस । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा झरेको छ । नेप्सेमा ०.०३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१९ अंकले घटेर ३८४.१४ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये चार वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०७ कम्पनीहरको सेयर खरिदबिक्री भएको छ । उनीहरुको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँ २७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन बैंक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ । सो कारोबार २३ करोड ८५ लाख ७ हजार २२ रुपैयाँ बराबरको भएको छ ।

सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ९.६० प्रतिशतले घटेको छ ।