एनएमबि बैंकको अध्यक्षमा मनोज गोयल चयन

-



     सफल आवाज    
     पौष २७ गते २०८० मा प्रकाशित



काठमाडौँ, २७ पुस । एनएमबि बैंक लिमिटेडकाे संचालक समितिकाे अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन् । हिजाे बिहिबार काठमाण्डौंमा सम्पन्न बैककाे २८औँ वार्षिक साधारणसभाबाट गाेयल अध्यक्षमा चयन भएका हुन् । यस अघि बैककाे अध्यक्षमा पवन गाेल्यान थिए ।

बैंककाे सञ्चालक समितिमा जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । बैंकको एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरीएकाे जनाइएकाे छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड रुपैयाँ, निक्षेप २१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।बैंकको २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू रहेको बताइएकाे छ ।