
काठमाण्डाैं,२८ पुष । सुपर मादी हाइड्रोपावर लिमिटेडको तेर्हौ र चौधौं संयुक्त साधारण पौष २८ गते शनिबार काठमाण्डाैंमा सम्पन्न् भएकाे छ । शेयरधनीहरुको उत्साहजनक उपस्थितिका बीच सम्पन्न उक्त सभा कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगाना को अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
सो साधारण सभाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरेको छ I कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले कास्की जिल्लाको मादी नदिमा निर्माण भएको ४४ मे. वा.को सुपर मादी जलबिधुत आयोजना निर्माणको अबधिमा आएका विषम परिस्थितिहरुको सामना गर्दै आयोजनालाइ छोटो समय र तुलनात्मक रुपमा कम लागतमा नै निर्माण सम्पन्न गरिएको बताए I
आयोजना संचालनको ३ महिनाको अबधिमा नै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुको लागि २ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताब सभाले पारित गरेको छ ।
आगामी दिनहरुमा यस आयोजना मार्फत अन्य सम्भावित आयोजनाहरुमा समेत लगानी गर्ने र यसै समूहद्वारा निर्माण गर्न लागिएको ताप्लेजुङ जिल्ला स्थित तमोर नदिमा निर्माणाधीन २८५ मे.वा. क्षमताको अपर तमोर जलबिधुत आयोजनामा समेत यस कम्पनिद्वारा लगानी गर्न गरिएको प्रस्ताब सम्पूर्ण शेयरधनीहरुको उत्साहपूर्ण स्वीकृति सहित साधारण सभाले सर्बसम्मतीले पारित गरेको थियाे I
यसै साधारण सभाबाट कम्पनीको आगामी ४ बर्षे कार्यकालका लागि संस्थापक शेयरधनीको तर्फबाट ५ जना संचालकहरु क्रमश: संचालक पुष्पज्योति ढुंगाना, रघुनाथ पुरी, धनराज आचार्य, मित्र प्रसाद काफ्ले र बाबुराम थापा निर्बिरोध निर्बाचित भएका छन ।
त्यसैगरी सर्बसाधारण शेयरधनीहरुको तर्फबाट संचालकमा अरुणा पराजुली निर्बिरोध निर्बाचित हुनु भएको छ । स्वतन्त्र संचालकमा बिष्णु प्रसाद पाण्डेय सर्बसम्मतीले अनुमोदित हुनु भएको छ I
यस सुपर मादी हाइड्रो पावर लि ले निर्माण गरेको सुपर मादी जलबिधुत आयोजना कास्की जिल्लाको मादी नदिमा रहेको छ । सो आयोजनाको क्षमता ४४ मे. वा. रहेको छ I सो आयोजनाको निर्माण कार्य गत वर्ष सम्पन्न भई ब्यापारिक उत्पादन २०७९ चैत्र २७ गतेदेखि नेपाल बिधुत प्राधिकरणको रास्ट्रिय ग्रिड प्रणालीमा जडान भई सुरु भएको बताइएकाे छ I








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




