कोशी, बागमती र गण्डकीमा बदली, तराईमा हुस्सु-कुहिराे

-



     सफल आवाज    
     पौष २९ गते २०८० मा प्रकाशित



काठमाडाैं, २९ पुस । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ।

पुस २९ गते (आइतबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ | 

राती:  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ १ गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

राती:  देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ।

कोशि र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा र बाग्मति, कर्णालि र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखी मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ।

कोशि र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा र बाग्मति, कर्णालि र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

राती:  देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखी मुख्यतया सफा रहनेछ। कोशी, गण्डकि र कर्णालि  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले गरेकाे  अनुरोध छ।