सुन तोलाको १ लाख १९ हजार २ सयमा कारोबार हुँदै

-



     सफल आवाज    
     पौष २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ पुस । आज सुनचाँदीको कारोबार हुने साताको पहिलो दिन हो ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार पनि बजार भाउ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

तेजाबी सुन तोलाको १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार यसदिन सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।