आज सेयर बजार तथा वित्तीय संस्थाहरू बन्द, पाैष मसान्तमा बैंकहरूकाे रिकभरी पनि निराशाजनक

-



     सफल आवाज    
     माघ १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ माघ । आज सेयर बजार तथा बैंक वित्तीय संस्थाकाे काराेबार बन्द भएकाे छ । नेपाल सरकारले माघीकाे अवसरमा देशभर सार्बजनिक दिएकाले सबै काराेबार बन्द भएकाे हाे ।

बिदाका कारण बन्द भएका बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालयहरू भाेलि मंगलबार खुल्ने भएकाेले सेयर बजारकाे काराेबार पनि भाेलि मंगलबारबाटै खुल्ला हुने बताइएकाे छ।

उता बैंक वित्तीय संस्थाकाे पाैष मसान्तकाे क्लाेजिङ हिजाे सकिएकाे छ । यस पटककाे मसान्तमा बैकहरूले साेचे अनुरूपकाे रिकभरी गर्न नसकेकाे बैकरहरूले बताएका छन ।

यसले समग्र भावी बित्तिय बजारमा नकारात्मक प्रभाव पार्ने र बैंक वित्तीय संस्थाहरूलाइ भाेलिका दिनमा थप प्रेसर पर्ने बित्तिय बिश्लेषकहरू बताउछन ।