घलेम्दी हाइड्रोको ३२ लाख कित्ता हकप्रद सेयर लिलाम बिक्रीमा

-



     सफल आवाज    
     माघ २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ माघ । घलेम्दी हाइड्रोकाे वितरण नभएकाे हकप्रद सेयर लिलामबाट बिक्री गरिने भएको छ। कम्पनीका अनुसार १ बराबर २ काे रेसियाेमा जारी गरिएकाे हकप्रदमा आवेदन नपरेको सेयर लिलाममार्फत बिक्री गरिने भएकाे हाे ।

सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद सेयर शिलबन्दी बोलपत्र प्रक्रिया पूरा गरेर बिक्री गर्न लागेको कम्पनीले जनाएकाे छ । लगानीकर्ताले उक्त सेयर खरिद गर्नका लागि माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न पाउने अवधि ताेकिएकाे छ।

प्रतिसेयरमूल्य रुपैयाँ १०० रहेकाे । यसमा लगानी गर्न चाहने लागनीकर्ताले उक्त मूल्यभन्दा माथिकाे मूल्य राखेर बोलपत्र पेस गर्न सक्नेछन् । उनीहरुले कम्तिमा पनि १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । बढीमा लिन चाहनेका लागि कुनै सिमा ताेकिएकाे छैन।

सेयरमा लगानीका लागि लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ्ग, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा रहेका शाखाबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।