एनआईएमबि एस क्यापिटलकाे १ अर्बको म्युचुअल फण्डमा आवेदन खुल्ला

-



     सफल आवाज    
     माघ २ गते २०८० मा प्रकाशित



काठमाडाैं, २ माघ । एनआईएमबि एस क्यापिटले आजदेखि रूपैयाँ १ अर्ब रुपैयाँ बराबरको नयाँ म्युचुअल फण्ड जारी गरेकाे छ । क्यापिटलले एनआईबिएल स्टेबल फण्ड निष्काशन गरेकाे हो।

क्यापिटलका अनुसार प्रतिइकाई रूपैयाँ १० अंकित दर रहेकाे रूपैयाँ १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएकाे यो एक बन्दमुखी योजना हो।

कुल इकाईबाट १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलका लागि रहेकाे छ । १ करोड ४० लाख इकाई कोष प्रवर्धक रहेकाे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि रहेकाे छ। बाँकी हुन गएकाे ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिने जनाइएकाे छ ।

साे फण्डमा घटीमा १०० र बढीमा १ करोड इकाईका लागि आवेदन दिन पाइने भएकाे छ। एनआईबिएल स्टेबल फण्ड एनआईबिएल म्युचुअल फण्डबाट सञ्चालन हुने फण्ड हाे । यसमा लगानीकर्ताले माघ ५ गतेसम्म आवेदन दिने अवधि रहेकाे छ।

ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा माघ १६ गतेसम्म आवेदन दिन सकिनेछ । १२ वर्ष अवधि रहेकाे फण्डको इकाईका लागि इच्छुक लगानीकर्ताले साेबाेनबाट अनुमति पाएका सिआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्। फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।