आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     माघ २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।