नेप्सेमा दोहोरो अंकको गिरावट, पौने १० अर्बको कारोबार

- हिमालयन रिइन्स्योरेन्सकाे कारोबार अब्बल

-



     सफल आवाज    
     माघ ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ माघ । अघिल्लो दिन ५४.५४ अंकको उछाल आएको नेप्सेमा आज एकदिन पछि करेक्सन भएको छ । अर्थात नेप्सेमा दाेहाेराे अंकको गिरावट भएकाे छ ।

सेयर बजारमा यस प्रकारको करेक्सन हुनु नौलो भने होईन । नेप्सेमा दोहोरो अंकको गिरावट भएपनि टर्नओभरमा भने अघिल्लो दिनको तुलनामा अझैं उचाई बनाएको छ ।

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा १२.१० अंकको गिरावट भई २१६३.०६ विन्दुमा झरेको नेप्सेले जनाएको छ ।

नेप्सेमा ०.५५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.११ अंकले घटेर ३९६.३१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटा उपसमूहहरुमा रातो लागेको छ ।

यसदिन कुल ३ सय कम्पनीहरुको सेयर किनबेच भएको छ । उनीहरुको ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता सेयरको किनबेचबाट ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ । यो कारोबार गत दुई वर्ष यताको सबैभन्दा बढी हो ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६५ करोड ८४ लाख ९० हजार २८५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै ग्लोबल आइएमई लभुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ईस्टर्न हाइड्रोपावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।