कामना सेवा बैंकको नाफामा बृद्धि, इपीएस कति ?

-



     सफल आवाज    
     माघ ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ माघ । कामना सेवा विकास बैंकको नाफा बढेकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउदा बैंकको नाफासँगै इपीएस पनि बढेको छ ।

बैंककाे खुद नाफा ३२.१९ प्रतिशतले बढेर रूपैया २५ करोड ८९ लाख १९ हजार भएकाे छ । अघिल्लो वर्ष साेहि समयमा बैंककाे खुद नाफा रूपैयाँ १९ करोड ५८ लाख ७१ हजार थियो । खुद शुल्कमा भएकाे बृद्धि, कमिसन तथा सञ्चालन नाफामा भएकाे बृद्धिले खुद नाफा बढेकाे हो । 

बैंककाे खुद शुल्क र कमिसन २५.६६ प्रतिशतले बढेर रूपैयाँ १२ करोड ३२ लाख ६६ हजार भएकाे छ । सञ्चालन नाफामा पनि बृद्धि भइ ३२.२४ प्रतिशतले बढेर रूपैयाँ ३७ करोड ३५ हजार रुपैयाँ भएकाे छ । तर खुद ब्याज आम्दानी ६.२४ प्रतिशतले घटेर रूपैयाँ ९५ करोड ८८ लाख ४० हजार कायम भएकाे छ ।

बैंककाे चुक्ता पुँजी रूपैयाँ ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रहेकाे छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेकाे छ । यसरी बढेकाे इपीएस १५ रुपैयाँ ७८ पैसा भएकाे छ । नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेकाे छ ।