लागातार सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     माघ ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ माघ । लगातार सुनचाँदीको भाउमा गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा एकैदिन रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको जानकारी दिएको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो