नेप्सेमा ७.२४ अंकको गिरावट, ८ अर्ब १७ करोडको कारोबार

- हिमालयन रिइन्स्योरेन्सले गर्यो करिब २ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ माघ । नेप्सेमा करेक्सन भएको दाेश्राे तथा सेयर काराेबार हुने अन्तिम दिन आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

साताको सेयर कारोबार हुने पाँचाै दिन बिहिबार नेपाली सेयर बजारमा ७.२४ अंकको गिरावट भएर २१५५.८२ विन्दुमा झरेको छ । नेप्सेमा ०.३३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.६८ अंकले घटेर ३९३.६२ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी १० वटामा रातो लागेको छ । यसदिन कुल २९८ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ ।

उनीहरुको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयरको खरिदबिक्रीबाट ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँ ९७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३२८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ९.४३ प्रतिशतले घटेको छ ।