माछापुच्छ्रे बैंकको नाफा २१.४५ प्रतिशतले घट्याे, इपीएस कति ?

-



     सफल आवाज    
     माघ ५ गते २०८० मा प्रकाशित



काठमाडाैं, ५ माघ । माछापुच्छ्रे बैंककाे खुद नाफा घटेकाे छ । बै‌कले सार्वजनिक गरेकाे यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही समयकाे भन्दा घटेको छ।

यस आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले साढे ८० करोड खुद नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षको सोही समयकाेभन्दा २१.४५ प्रतिशतले कमि हो। गएकाे वर्ष बैंककाे नाफा १ अर्ब २ करोड थियो।

बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले र कमिशन आम्दानी ६.५५ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशत र सञ्चालन मुनाफा १३.१९ प्रतिशतले घटेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक तथा प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा प्रतिशेयर आम्दानी ६ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ ८६ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे १४.६५ गुणा रहेको छ । नेटवर्थ १४५ रुपैयाँ छ।

बै‌कले गएकाे आर्थिक वर्षको नाफाबाट १३.३० प्रतिशत बोनस वितरण गरेकाे थियाे । यसकाे चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेकाे ५ ।

बै‌कका अनुसार जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ रहेकाे छ। पुस मसान्तसम्म बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ । कर्जामा रुपैयाँ १ खर्ब २९ अर्ब ९१ करोड लगानी गरेको छ।