शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     माघ ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।