
चितवन, ५ माघ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु ६ महिना अबधिकाे पुस मसान्तसम्म ८ अर्ब ७८ करोड ९३ लाख ७६ हजार राजश्व सङ्कलन गरेकाे छ । गत आवको यही अवधिमा यस कार्यालयले ८ अर्ब ७८ करोड ५१ लाख ९३ हजार अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव २ प्रतिशत राजस्व सङ्कलन गरेको बताएकाे छ ।
सो वर्ष ६ महिनाका लागि ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार ६ महिनामा आयकरतर्फ १ अर्ब २० करोड ९२ लाख १ हजार, अन्तःशुल्कतर्फ ६ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।
मूल्य अभिवृद्धि करतर्फ ८४ करोड सात लाख नौ हजार, ब्याज कर ५ करोड ७८ लाख ९९ हजार, घरबाहल कर १ करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर ९३ लाख २५ हजार सङ्कलन भएको भट्टराईले जानकारी दिए। उनका अनुसार अन्तःशुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो ।
अन्तःशुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ । आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व सङ्कलनमा कमी देखिएको हो । भट्टराईले भने, “अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व सङ्कलनमा कमी आएको अनुमान गरिएको छ ।”
युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व सङ्कलनमा कमी भएको उनले बताए। कार्यालयमा हाल ६३ हजारभन्दा बढी करदाता रहेका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




