नेप्सेमा २५.६३ अंकको गिरावट, साढे ७ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ ।

अधिकांश सूचकहरुमा रातो लागेपनि कारोबार रकम भने उत्साहजनक नै भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ । नेप्सेमा १.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.४१ अंकले घटेर ३८६.२० विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये दुई वटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयरको कारोबारबाट ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ ४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ५६ करोड ७९ लाख १० हजार २४१ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.२७ प्रतिशतले घटेको छ ।