
किमाथाङ्का (सङ्खुवासभा), ८ माघ । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रले गति लिइसकेको बताएका छन् ।
प्रेस युनियन सङ्खुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले कोरोनापछि तहसनहस भएको अर्थतन्त्र लयमा फर्किसकेको जिकिर गरे ।
अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक भएकाले यसलाई गति दिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अर्थतन्त्रलाई अग्रसर गरिरहेको उनको भनाइ थियो ।
“मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपाललाई प्राप्त भएको सहायता हो”, नेता कार्कीले भने, “एमसिसी अन्तर्गत निर्माण हुने आयोजना पाँच वर्षमा सम्पन्न गर्नुपर्छ, विद्युत्को क्षेत्रमा एमसीसी कोसेढुङ्गा साबित हुनेछ ।” व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने कार्कीको भनाइ थियो ।
सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउँदै उनले यस आयोजनाबाट सबैभन्दा पहिला जिल्लाबासीले लाभ लिनुपर्ने धारणा राखे । फरक प्रसङ्गमा बोल्दै कांग्रेस नेता कार्कीले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा गठबन्धनमा उम्मेदवार विजयी हुने पनि दाबी गरे।
सत्तागठबन्धनले १९ वटा नै सिटमा उम्मेदवारी दिएको र सबै सिटमा सहजरूपमा जित्ने उहाँको जिकिर थियो । नेता कार्कीले संविधान जारी गर्न र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कृष्णप्रसाद सिटौलाले खेलेको महत्वपूर्ण भूमिकालाई हेरेर राष्ट्रियसभा सदस्य पदमा उम्मेदवार बनाइएको उनको तर्क थियो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेता कार्की कार्यकर्तासँग भेटघाट गर्न कोशी प्रदेशका सोलुखम्बु, खोटाङ, भोजपुर जिल्ला हुँदै हिजो बेलुकी सङ्खुवासभा पुगेका हुन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




