
काठमाडौं, ८ माघ । एनआईसी एशिया बैंक लिमिटेडकाे चालु आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय विवरण अनुसार बैंकको नाफामा अत्यधिक गिरावट भएकाे छ । गतबर्षकाे तुलनामा यो वर्षकाे समिक्षा अवधिमा ४१.८४ प्रतिशत कम नाफा भएकाे हाे । बैंकले चालु आवको ६ महिनामा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
अहिले बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । कमिशन आम्दानी भने बढेको छ । बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेको र खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेको सर्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात १९.९७ गुणा र प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज भने यो अवधिमा धनात्मक छ । चालु आवको पुस मसान्त सम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँ धनात्मक देखिएको छ भने गत आवको सोही अवधिमा ४७ करोड रुपैयाँ ऋणात्मक रहेको थियो । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक देखिन्छ ।
बैंकको कुल सञ्चालन आम्दानी पुस मसान्त सम्ममा ४.९६ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ। ६ महिनाको अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। ६ महिनाको अवधिमा बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




