
काठमाडौं, ८ माघ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयर बजार ओरालो लागेको छ ।
टर्नओभरमा सन्तोष राख्ने ठाउँ भएपनि लगातारको गिरावटले लगानीकर्तामा रहिरहेको निराशालाई हटाउन सकेको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा झरेको छ । नेप्सेमा १.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.८४ अंकले घटेर ३८१.३६ विन्दुमा झरेको छ ।
१३ वटा उपसमूहहरुमध्ये व्यापार उपसमूहरु बाहेक बाँकी १२ वटै उपमूहहरुमा रातो लागेको छ । यसदिन ३०७ कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँ ३५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै अपर स्यांगे हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै दोर्दि खोला जल विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




