विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     माघ ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको लगायतका अन्य केहि देशको मुद्राको भाउ घटेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६१ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ २१ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९९ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ७० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ३४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९९ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः