मंगलबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     माघ ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ रुपैयाँ २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउमा कुनै परिवर्तन नभएको जनाएको छ । चाँदीको भाउ रुपैयाँ २० ले घटेको जनाएको छ ।

यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमामा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज रुपैयाँ २० ले घटेर तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।