अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

-



     सफल आवाज    
     माघ १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको लगायतका अन्य केहि देशको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७५ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ३५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ८६ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ४१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ४० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४७ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः