बुधबार पनि सुनको भाउ स्थिर, चाँदीको बढ्यो

-



     सफल आवाज    
     माघ १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

मंगलबार पनि सुन स्थिर भाउमा कारोबार भएको थियो । चाँदीको भाउमा भने यसदिन रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ सिथर रहेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।