नेप्सेमा १०.२५ अंकको गिरावट, करिब ४ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० माघ । साताको सेयर कारोबार हुने आज बुधबार चौथो दिन हो । यसदिन पनि नेप्से ओरालोको यात्रामा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा झरेको छ । नेप्सेमा ०.४८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले घटेर ३८०.४३ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये २ वटामा हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । नेप्सेका अनुसार आज ३११ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँ ९८ पैसा बराबरको कारोबार भएको हाे।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको २५ करोड १५ लाख ६८ हजार ६७ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।