हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित



काठमाडाैं, ११ माघ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभाकाे प्रयोजनका लागि यही माघकाे १४ गते बुकक्लोज गर्ने बताएकाे छ।

लगानीकर्ताले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउने र लाभांश प्राप्तसका लागि याेग्य मानिनेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको तीसौँ साधारण सभा माघकाे २५ गते काठमाडाैंकाे थापागाउँमा रहेकाे बानेश्वर ब्याङ्कवेटमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभामा ८.६३ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरणकाे विशेष प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिइने भएकाे छ ।

यस्तै विज्ञ स्वतन्त्र सञ्चालकको पदमा गरिएकाे नियुक्ति ४ वर्ष र रिक्त रहेकाे संस्थापक सञ्चालकको पदकाे नियुक्ति बाँकी अवधिको लागि पारित गरिने भएकाे छ ।