फागुन २ गतेदेखि १ अर्ब ४५ करोडकाे हकप्रद जारी गर्दै सिंगटी हाइड्रो इनर्जी

-



     सफल आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित



काठमाडाैं, ११ माघ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आ फागुन २ गतेदेखि १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर खुलाउने भएकाे छ ।

यस अनुसार कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर जारी गर्ने भएकाे हाे ।

कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर रूपैयाँ १०० अंकित दरकाे १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्ने भएकाे हाे ।

हकप्रद सेयर निष्काशनका लागि यसअघि पुस २२ गते बुकक्लोज गरिएकाे थियो। लगानीकर्ताले १९ गतेसम्म नेप्सेमा कारोबार सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यसका लागि फागुन २२ गतेसम्म आवेदन दिन पाइनेछ।

हकप्रदमा लगानी गर्न चाहने लगानीकर्ताहरूले बिक्री प्रबन्धक रहेकाे कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।

हकप्रदमा लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्वा सेवाका सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर बाँडफाँड भएपछि चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्ने भएकाे छ।

कम्पनीले अर्बिट इनर्जी प्रा. लि. र ह्याबिटाट पावर कम्पनी प्रा. लि. मा लगानी गर्न र ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्नका लागि हकप्रद खुलाउन लागेकाे हो।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।