बिहिबार सुनको भाउ रु ४ सयले घट्यो, चाँदीको बढ्यो

-



     सफल आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार आज सुनको भाउ तोलामा ४ सयले घटेको जानकारी गराएको छ । चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।

यस अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।