नेप्सेमा ३.९४ अंकको गिरावट, ३ अर्ब ७६ करोडको कारोबार

-



     सफल आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ माघ । नेप्सेको ओरालो लागेका यात्रा रोकिएको छैन । साताको सेयर कारोबार हुने पाँचौं तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.९६ अंकले बढेर ३९७.४६ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ । यसदिन कुल ३०४ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ ९८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको २८ करोड ६७ लाख २६ हजार ५२९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड २ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ५.०३ प्रतिशतले घटेको छ ।