शुक्रबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँँदै

-



     सफल आवाज    
     माघ १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।