साढे ३ कराेडकाे आईपीओ जारी गर्दै नेपाल पेमेन्ट सोलुशन

-



     सफल आवाज    
     माघ १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ माघ । नेपाल पेमेन्ट सोलुशन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रूपैयाँ अंकित दरको ३ लाख ५६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

आईपीओ निष्काशन गर्ने सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाल पेमेन्ट सोलुशन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टिक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।