रिलायन्स स्पिनिङ्ग मिल्सकाे सेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ १४ गते २०८० मा प्रकाशित



काठमाडाैं, १४ माघ । रिलायन्स स्पिनिङ्ग मिल्सले बिक्रीमा ल्याएकाे सेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ्ग प्रक्रियाबाट सेयर खुलाएकाे थियाे ।

कम्पनीले १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख २६ हजार ६०० कित्ता सयर निष्काशनकाे अनमुति पाएकाेमा ७ लाख ७० हजार ६४० कित्ता सेयरकाे बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ रहेकाे छ।

नेप्सेकाे बोलकबोल प्रक्रियामा योग्य रहेका संस्थागत लगानीकर्ताहरुकाे सहभागिता हुनेगरी ताेकिएकाे मूल्यको सीमामा रहेर बोलकबोलबाट सेयर बिक्री गरिने भएकाे छ ।

बाेलकबाेलका लागि योग्य मानिएका संस्थागत लगानीकर्ताहरुले नेप्सेकाे रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

भोली योग्य संस्थागत लगानीकर्ताहरुका लागि निष्काशित सेयरकाे पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण गरिएकाे जानकारी दिइनेछ । मूल्य निर्धारण भएपछि माग भए अनुसारकाे सेयर कटअफ मूल्यमा बाँडफाँड गरिने भएकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।