
काठमाडाैं, १४ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साेमबार बुकक्लोज हुने जनाएकाे छ ।
सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका लगानीकर्ताहरू साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन्
कम्पनीकाे सातौँ वार्षिक साधारणा सभा माघ २९ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमाान डाकिएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे हाे ।
सभाबाट हाल कायम रहेकाे चुक्ता पूँजीको १६ प्रतिशत बोनस तथा त्यसकाे कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गरिने भएकाे छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी संचालक समितिलाइ प्रस्ताव पारित गर्नेछ । साथै सर्वसाधारण सेयरधनीहरुबाट सञ्चालक समितिमा जाने २ जना सञ्चालकको चयन, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु छलफल गरी पारित गर्नेछ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




