आईतबार सुनचाँदी स्थिर भाउमा खरिद बिक्री हुँदै

-



     सफल आवाज    
     माघ १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ स्थिर रहि शुक्रबारकै भाउमा कारोबार भईरहेको जानकारी दिएको हो ।

छापावाल सुनकाे भाउ स्थिर रहि तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनकाे भाउ पनि स्थिर रहेर तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।