नेप्सेमा १०.३७ अंकको बृद्धि, ४ अर्ब ८३ करोडको कारोबार

-



     सफल आवाज    
     माघ १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले बढेर ३८०.२० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ । यसदिन कुल ३०६ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ८३ करोड ३५ लाख ७६ हजार ५८० रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार ८८७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.८६ प्रतिशतले बढेको छ ।