अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

-



     सफल आवाज    
     माघ १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशको मुद्राहरूको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६९ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६७ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ३२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ १७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः