गुडविल फाइनान्सको साधारण सभा आज

-



     सफल आवाज    
     माघ १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ माघ । गुडविल फाइनान्सको साधारण सभा आज बस्दैछ । कम्पनीकाे यसअघि स्थगित भएकाे साधारण सभा आज माघ १५ गते गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । 

फाइनान्सको साधारण सभामा लाभांश वितरणकाे एजेण्डा नभएपनि अन्य वित्तीय एजेण्डाहरूमा छलफल हुनेछ । साधारणा सभामा लागि फाइनान्सकाे पुस १८ गते बुक क्लाेज गरिएकाे थियाे ।

कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरण नगर्ने यसअघि नै जानकारी गराएकाे थियाे । सभामा भाग लिनका लागि पुस १७ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरू याेग्य मानिनेछन् ।