एचआईडिसीएलको नाफामा ११.४७ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ १५ गते २०८० मा प्रकाशित



काठमाडाैं, १५ माघ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) काे नाफा बढेकाे छ ।

कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही समयमाभन्दा बढेको हाे ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो ६ महिनामा रूपैयाँ ७५ करोड २७ लाख खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही समयकाेभन्दा ११.४७ प्रतिशतले बढी हो। गएकाे वर्ष साेहि अवधिमा कम्पनीकाे नाफा रूपैयाँ ६७ करोड ५२ लाख रहेकाे थियो।

कम्पनीको सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढेको छ । वित्तीय आम्दानी ४.६२ प्रतिशत बढेको छ भने लाभांश आम्दानी १९.३७ प्रतिशतले घटेको छ।

कम्पनीको प्रतिशेयर आम्दानीमा २६ पैसा बढेर ६ रुपैयाँ ६१ पैसा पुगेकाे छ। पुस मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २८.०३ गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी रूपैयाँ २२ अर्ब ७७ करोड रहेकाे छ । जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ रहेकाे छ।