नेप्सेमा १४.८८ अंकको बृद्धि, साढे ५ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ माघ । सााताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । लगातार तेश्रो दिनसम्मको नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.६५ अंकले बढेर ३८१.७१५ विन्दुमा पुगेको छ ।

कुल १३ उपसमूहहरु मध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन ३०८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयरको खरिद बिक्रीबाट ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ७५ करोड १ लाख ९५ हजार ६४१ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । । कम्पनीको सेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ ।