सर्वोत्तम सिमेन्टकाे आईपीओ आज बाँडफाँड सम्पन्न

-



     सफल आवाज    
     माघ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ माघ । सर्वोत्तम सिमेन्टकाे सेयर आईपीओ आज बाँडफाँड सम्पन्न गरिएकाे छ।

सेयर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हो।

कम्पनीले गएकाे पुस २५ गतेदेखि माघ १० गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीले जारी गरेकाे सेयरकाे प्रतिकित्ता दर ३६० रुपैयाँ ९० पैसा रहेकाे थियाे । साेहि सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरीएकाेमा त्यसकाे बाँडफाँड समपन्न गरेको हो।

सेयर खरिद गर्नका लागि ३३ हजार ८२४ जना लगानीकर्ताले २१ लाख ३९ हजार २२० कित्ता माग गरेका गरेका थिए । उनीहरुमध्ये १४ आवेदन रद्द भएका जनाइएकाे छ । ३३ हजार ८१० आवेदन स्वीकृत भएका थिए ।

कमपनीले स्वीकृत भएका आवेदनमध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले सेयर बाँडफाँड गरको जनाएकाे छ।