बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बृद्धि भएको हो । चाँदीको भाउ मंगलबारकै कायम गरिएको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले बृद्धि भएर तोलाको १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १८ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा नै कारोबार भएको थियो ।