सिटिजन्स बैंकले माग्याे ३ अर्बकाे ऋणपत्र बिक्रीकाे अनुमति

-



     सफल आवाज    
     माघ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ माघ । सिटिजन्स बैंकले रूपैयाँ ३ अर्ब बराबरकाे ३० लाख इकाई ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबाेन)सँग अनुमति मागेको छ ।

बैंकले १० वर्षे अवधि रहेकाे वार्षिक ८.५% ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको जनाएकाे छ।

बैंकले प्रतिकित्ता रूपैयाँ १ हजारकाे दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको हाे । यसबाट १२ लाख इकाई सर्वसाधारणका लागि रहेकाे छ । बाँकी रहने १८ लाख इकाई बैंकले विभन्न संघ संस्थाहरूलाई बिक्री गर्ने भएकाे छ ।

सिटिजन्स बैंकले गएकाे असोज महिनामा रूपैयाँ ३ अर्बकाे ऋणपत्र बिक्री गरेको थियो । साे ऋणपत्रको ब्याजदर १०% रहेकाे थियो ।

ऋणपत्रकाे निष्काशन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।