पेट्रोल, डिजेल र ग्यासकाे भाउ बढ्याे, कुनकाे कति ?

-



     सफल आवाज    
     माघ १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टितेलमा पहिलो, दोस्रो र तेस्रो वर्ग अनुसार मूल्य बढाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले मूल्य बृद्धि गरिएकाे छ। 

निगमले पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ ताेकेकाे छ । दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ ताेकेकाे छ ।

डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पहिलो वर्गका लागि १५५.५० रुपैयाँ, दोस्रोलाई १५७ रुपैयाँ र तेस्रोलाई १५८ रुपैयाँ ताेकिएकाे छ ।

यसपटक खाना पकाउने एलपी ग्यासको मूल्यमा भने १५ रुपैयाँले बढेको १९१० रुपैयाँ कायम भएको छ । अब खुद्रा बिक्रीमूल्य १९ सय १० पर्नेछ ।