नेप्सेमा ३०.९२ अंकको गिरावट, ४ अर्ब १८ करोडको कारोबार

-



     सफल आवाज    
     माघ १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ माघ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपालीसेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको छ । नेप्सेमा १.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.६९ अंकले घटेर ३७३.९३ विन्दुमा रहेको छ ।

यसदिन फाइनान्स उपसमूह बाहेक बाँकी रहेका १२ वटै उपसमूहहरुमा रातो लागेको छ । कसल ३०९ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५४ करोड १ लाख ८४ हजार १८६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५४ करोड १ लाख ८४ हजार १८६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । लघुवित्तको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.४२ प्रतिशतले घटेको छ ।