आज अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

-



     सफल आवाज    
     माघ २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरोसहित अन्य देशको मुद्राको भाउ पनि स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३८ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ९८ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ७२ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ६८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ ४१ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५९ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः