तेह्रथुम पावरकाे नाफामा उल्लेख्य बृद्धि, इपीएस कति ?

-



     सफल आवाज    
     माघ २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ माघ । तेह्रथुम पावर कम्पनीकाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको ८७६.१३ प्रतिशतले बढेको छ।

यस आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । जाे गत आर्थिक वर्षको सोही समयकाे भन्दा ८७६.१३ प्रतिशतले बढी हो। गएकाे वर्षमा कम्पनीले रूपैयाँ ६ लाख ६२ हजार नाफा कमाएकाे थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी ८.८५ प्रतिशतले बढेर ९ करोड १ लाख भएकाे छ। कुल नाफा ११.९१ प्रतिशतले र सञ्चालन मुनाफा १२.४९ प्रतिशतले बढेको छ।

प्रतिशेयर आम्दानी २ रुपैयाँ ९० पैसा बढेर ३ रुपैयाँ २३ पैसा कायम छ। प्रतिशेयर नेटवर्थ ६५ रुपैयाँ २५ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे भने १८६.९ गुणा रहेको छ। कम्पनीकाे चुक्ता पूँजी रूपैयाँ ४० करोड रहेको छ । जगेडा काेष रूपैयाँ १३ करोड ८९ लाख ऋणात्मक छ।