नेप्सेमा ५.३१ अंकको गिरावट, ३ अर्ब २१ करोडको कारोबार

-



     सफल आवाज    
     माघ २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार नकारात्मक लयमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.६० अंकले घटेर ३७३.३२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । कुल ३०७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँ ७९ पैसा बराबरकाे कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३३ करोड ५८ लाख ३२ हजार ८०९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।